काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले नयाँ व्याजदर सार्वजनिक गरेको छ । बैंकले असोज १ गतेदेखि लागू हुनेगरि नयाँ ब्याजदर सार्वजनिक गरेको हो । बैंकले बचत खातामा ३.०६ प्रतिशतदेखि ५ प्रतिशतसम्म ब्याज उपलब्ध गराउनेछ । बैंकको मुद्दति निक्षेपको व्याज न्यूनतम ६ प्रतिशत देखि अधिकतम ९.०६ प्रतिशतसम्म दिने भएको हो ।