८ श्रावण २०८३, शुक्रबार

Banner First

नारायणी आयल रिफाइनरीको व्यापारमा उछाल, एक वर्षमै बेच्यो १० अर्ब २१ करोडको तेल

काठमाडौँ। नारायणी आयल रिफाइनरी उद्योग प्रालिको व्यापारमा उल्लेख्य वृद्धि देखिएको छ। बारा जिल्लालाई मुख्य कार्यक्षेत्र बनाएर सञ्चालनमा रहेको नारायणी आयलले सन् २०२५ मा १० अर्ब २१ करोड ४० लाख रुपैयाँको व्यापार गरेको हो । केयर रेटिङ्स नेपालले सार्वजनिक गरेको रेटिङ रिपोर्टअनुसार कम्पनीको आम्दानीमा पछिल्लो वर्ष उत्साहजनक सुधार आएको छ ।