काठमाडौं । गत साता ३ हजार रुपैयाँले घटेको सुनको मूल्य यस साताको पहिलो दिनमा नै फेरि घटेको छ । सुनको मूल्य आइतबार प्रतितोला ६ सय रुपैयाँले घटेर तोलाको ९० हजार ७ सय रुपैयाँ कायम भएको हो । त्यस्तै, तेजावी सुनको मूल्य तोलाको ९० हजार २ सय रुपैयाँ निर्धारण भएको छ