काठमाडौं । बाढी, पहिरोले पुर्याएको क्षति बापत परेको बीमा दावीमा हालसम्म ४७ करोड बढी भुक्तानी भएको छ । नेपाल बीमा प्राधिकरणले उपलब्ध गराएको गत मंगलबार (कात्तिक २० गते) सम्मको तथ्याङ्कले यस्तो देखाएको हो । गत असोज १० गतेदेखि १२ गतेसम्म आएको बाढी तथा पहिरो ठुलो मात्रामा क्षति पुर्याएको थियो ।