सातै प्रदेशमा एक–एकजना संघीय सरकारका मन्त्रीले समन्वय गर्ने, क्वारेन्टाइनलगायतका व्यवस्था गरिँदै काठमाडौँ । सरकारले वैदेशिक रोजागारीका शिलशिलामा विभिन्न देशमा रहेका र कोरोना महाकारीका कारण अलपत्र परेका नेपालीलाई स्वदेश फर्काउने भएको छ । विभिन्न देशमा रहेका नेपालीलाई कसरी उद्धार गरेर ल्याउने भन्ने बारेमा विभिन्न चरणमा छलफलपछि कोरोना नियन्त्रण उच्चस्तरीय समन्वय समितिको