काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटले व्यवसायिक र स्थानीय अर्थतन्त्र दुवैमा नयाँ सास भरेको छ। क्लब र कर्पोरेट लगानी बढ्दा होटेल, यातायात, फुटपाथ व्यापार र मिडिया विज्ञापनसमेतले फाइदा उठाउँदै छन् । सबैभन्दा ठूलो संकेत भनेको शीर्षस्थ प्रायोजक र टिम–निवेशकहरुको सक्रियता हो। सिद्धार्थ बैंकले एनपीएल को टाइटल स्पोन्सर गरेको छ।