काठमाडौं । नेपालीहरुको महान चाड दिपावली सकिएसंगै सुनको मूल्य घटेको छ । गत शुक्रबार तोलामा ९५ हजार २ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको भाउ बुधबार आज १ सय रुपैयाँले घटेको छ । बुधबार छापावाल सुन प्रतितोला ९५ हजार १ सयमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ