समाचार « Arthapath.com
२६ फाल्गुन २०७६, सोमबार

समाचार

सुदूरपश्चिमका सबै जिल्लामा क्वारेन्टाइन स्थापना हुने

काठमाडौं । सुदूरपश्चिम प्रदेश सरकारले सबै जिल्लामा क्वारेन्टाइनको व्यवस्थापन गर्ने निर्णय गरेको छ । मुख्यमन्त्री त्रिलोचन भट्टको अध्यक्षतामा बसेको बैठकले सबै जिल्लामा क्वारेन्टाइन व्यवस्थापनका लागि सम्बन्धित स्वास्थ्य कार्यालयले जिल्ला प्रशासनसँग समन्वय गरी व्यवस्थापन गर्ने निर्णय गरेको हो । कोरोना भाईरसबाट जोगिन शंकास्पद व्यक्तिलाई राख्न सबै जिल्लामा आईसोलेसन कक्ष पनि स्थापना