काठमाडौं । विश्वभरमा कोरोनाभाइरसको सन्त्रास रहिरहँदा विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले संसार अर्को महामारीको लागि तयार रहनुपर्ने चेतावनी दिएको छ । सोमवार डब्लुएचओका प्रमुख टेड्रोस एड्हानोम गेहब्रेयसस संसारले अर्को महामारीको लागि राम्रोसँग तयार रहनुपर्ने बताएका छन् । उनले विश्वका सबै मुलुकहरुले सार्वजनिक स्वास्थ्यमा लगानी गर्न आह्वान पनि गरेका छन् ।