७ श्रावण २०८३, बिहिबार

समाचार

निफ्राको सञ्चालकमा अधिकारी र आचार्य निर्विरोध

काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड (निफ्रा) को सञ्चालक समितिमा दुई जना निर्वाचित भएका छन् । मंगलबार सम्पन्न बैंकको सातौँ वार्षिक साधारणसभामा सर्वसाधारण सेयरधनी समूहबाट दोस्रो कार्यकालका लागि लीमा अधिकारी र मनिष आचार्य निर्वाचित भएका हुन् । अधिकारी र आचार्य आगामी ४ वर्षे कार्यकालका लागि निर्विरोध निर्वाचित भएका हुन् ।