काठमाडौं । एनआईसी एशिया बैंकको ऋणपत्र असार ६ गतेदेखि बिक्री खुला गरिने भएको छ । एनआईसी एशिया बैंक लिमिटेडको १० वर्षे अवधिको ऋणपत्रको बिक्री आगामी असार ६ गतेदेखि खुला गरिने भएको हो । बैंकले रु. ३ अर्ब रुपैयाँ बराबरको ‘ एनआईसी एशिया बैंक ऋणपत्र २०८८’ नामक ऋणपत्र निष्कासन गर्नेछ ।