स्याङ्जा । स्याङ्जाको वालिङमा लोपोन्मुख चरी बाघको डमरु भेटिएको छ । डिभिजन वन कार्यालय स्याङ्जाका प्रमुख कोमलराज काफ्लेले बिरो प्रजातिको चरी बाघको डमरुलाई वन कार्यालयको संरक्षणमा राखिएको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “६ दिन पहिले स्थानीय बालबालिकाले जङ्गलमा खेल्ने क्रममा बिरालोको बच्चा भनेर घरमा ल्याएर पालेको बिरालोको बच्चा जस्तो देखिने