काठमाडौं । राइड शेयरिङ सेवा सहारा एपका ग्राहक तथा राइडरले स्वास्थ्य उपचारमा विशेष छुट पाउने भएका छन् । बिजनेश ग्रोथ कम्पनी प्रालिद्धारा सञ्चालित सहारा एपका राइडर तथा ग्राहकले बसुन्धराको ग्रिनसिटी अस्पतालमा १५ प्रतिशतसम्म उपचारमा छुट पाउने भएका हुन् । अस्पतालले प्रदान गर्ने सेवाको प्रकार अनुसार छुट पाइने सहाराले जनाएको छ