रक्सौल-काठमाडौं रेलमार्ग अध्ययनका लागि नेपालको अनुमति खोज्दै भारत « Arthapath.com
२३ भाद्र २०७७, मंगलवार

रक्सौल-काठमाडौं रेलमार्ग अध्ययनका लागि नेपालको अनुमति खोज्दै भारत



काठमाडौं । काठमाडौं रेलमार्ग अध्ययनका लागि नेपालको अनुमति खोज्दै भारत
काठमाडौं । भारतले नेपालबाट कुनै ढिलाइ नगरी रक्सौल(काठमाडौं रेल लिंकको विस्तृत अध्ययन गर्न अनुमति माग गरेको छ ।

काठमाडौंस्थित भारतीय दूतावासले नेपाल सरकारलाई पठाएको प्रस्तावले यस रेल लिंकको अध्ययन गर्ने क्रममा कोभिड १९ का कारण स्वास्थ्य र सुरक्षा प्रोटोकल अनुसरण गर्ने प्रतिबद्धतासमेत गरेको छ । मुम्बईको नभीमा मुख्यालयले भएको भारतको सरकारी कोंकण रेलवे निगमले उक्त परियोजनाको विस्तृत अध्ययन गर्नेछ ।

“हामीले आउन भन्नेबित्तिकै भारतीय टोली अध्ययनका लागि नेपाल आउन तयार छ । उनीहरूले अध्ययनका लागि आउँदा चाहिने आवश्यक मेसिनरी र अन्य सामग्रीको विवरण पनि पठाएका छन् । हामीले नेपाल आउने टोलीलाई आफ्नो विवरणसहितको सूची पठाउनसमेत भनेका छौं,” रेल मन्त्रालयका महानिर्देशक बलराम मिश्रले भने ।

प्राप्त विवरणहरू भौतिक पूर्वाधार र यातायात मन्त्रालयमा पठाइने र त्यसपछि यो गृह मन्त्रालय र त्यसपछि कोभिड १९ क्राइसिस म्यानेजमेन्ट कमिटी ९सीसीएमसी० मा पठाइएपछि उनीहरुलाई आउने नआउने भन्ने विषयमा अन्तिम निर्णय हुने नेपालतर्फबाट जवाफ पठाइएको छ ।

भारतको तर्फबाट रेलमार्ग सञ्चालनमा छ र रक्सौलको सुख्खा बन्दरगाहसम्म पुगेको छ र भारतले यसलाई नेपालको राजधानी काठमाडौंमा जोड्ने योजना बनाएको छ । यो बाराको जितपुर भएर निजगढको प्रस्तावित दोस्रो अन्तर्राष्ट्रिय विमानस्थलको छेउबाट चल्नेछ ।

रेल लाइनको कुल लम्बाइ १३६ किलोमिटर हुन अपेक्षित छ । जसमध्ये ४२ किलोमिटर सुरुङमार्ग भएर पार हुनेछ। यसको लागत करिब तीन खर्ब नेपाली रुपैयाँ लाग्ने अनुमान छ ।

“विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) गरेपछि अन्तिम लागत थाहा हुनेछ । यो केही प्रतिशतले बढ्न वा घट्न सक्छ । अध्ययन पूरा गर्न कम्तिमा एक वर्ष लाग्ने” मिश्रले भने ।

सन् २०१८ मा काठमाडौंमा सम्पन्न चौथो बिम्सटेक शिखर सम्मेलनमा नेपाल र भारतले काठमाडौं रक्सौल रेल लिंकको सम्भाव्यता अध्ययन गर्ने सम्झौतामा हस्ताक्षर गरेका थिए । यस आयोजनाको लगानी मोडेललाई अन्तिम रूप दिइएको छैन । एएनआई


प्रतिक्रिया दिनुहोस्