यस वर्ष थप १०४ किलोमिटर नयाँ सडक र ७५ वटा पुल निर्माण « Arthapath.com
१४ जेष्ठ २०८०, आईतवार

यस वर्ष थप १०४ किलोमिटर नयाँ सडक र ७५ वटा पुल निर्माण



काठमाडौं । नेपालमा थप १ सय किलोमिटर बढी नयाँ सडक निर्माण भएको छ । सरकारले सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०७९/८० को आर्थिक सर्वेक्षण प्रतिवेदनले यस्तो देखाएको हो ।

चालु आवका फागुन मसान्तसम्ममा थप १०४ किलोमिटर नयाँ सडक निर्माण भएको प्रतिवेदनमा उल्लेख छ । सो अवधिमा ३१६ किलोमिटर सडक खण्डास्मिट (ग्रावेल) र २४८ किलोमिटर सडक कालोपत्रे स्तरमा स्तारोन्नति भएको छ ।

साथै ८ हजार २५४ किलोमिटर सडकको नियमित तथा पटके मर्मत भएको छ । यस्तै, २७८ किलोमिटर सडकको आवधिक मर्मत सम्पन्न भएको प्रतिवेदनमा उल्लेख छ । समिक्षा अवधिमा ७५ वटा पुल निर्माण सम्पन्न भएको छ । 

आर्थिक वर्ष २०७८/७९ मा २८० किलोमिटर नयाँ सडक निर्माण भएको थियो। सो आवमा ३३५ किलोमिटर खण्डास्मित स्तरमा स्तरोन्नति र ६१८ किलोमिटर कालोपत्रे स्तरमा सडक स्तरोन्नति भएको थियो।

साथै, ७हजार ८०० किलोमिटर सडकको नियमित तथा पटके मर्मत भएको थियो भने २५० किलोमिटर सडकको आवधिक मर्मत सम्पन्न भएको थियो। सो अवधिमा २८२ पुलको निर्माण सम्पन्न भएको थियो।


प्रतिक्रिया दिनुहोस्