एलआईसी नेपालको मुनाफा घट्यो, अन्य सूचांकमा भने आकर्षक सुधार « Arthapath.com
२८ बैशाख २०७९, बुधबार

एलआईसी नेपालको मुनाफा घट्यो, अन्य सूचांकमा भने आकर्षक सुधार



काठमाडौं । लाइफ इन्स्योरेन्स कर्पोरेशन (नेपाल) लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । सार्वजनिक विवरण अनुसा इन्स्योरेन्सको खुद नाफा ९६.१० प्रतिशतले घटेर ६० लाख १ हजार रुपैयाँ रहेको छ । गत आर्थिक वर्षको सोही अवधिमा इन्स्योरेन्सको खुद नाफा १५ करोड ३७ लाख ७ हजार रुपैयाँ रहेको थियो ।

चालु आर्थिक वर्षको ९ महिनाको अवधिमा इन्स्योरेन्सको खुद बीमा शुल्क १३ अर्ब ६२ करोड २७ लाख ६८ हजार रुपैयाँ रहेको छ । गत आर्थिक वर्षको सोहि अवधिमा कम्पनीको खुल बीमा शुल्क १३ अर्ब ५९ करोड ९३ लाख ९ हजार रुपैयाँ रहेको छ ।

समिक्षा अवधिमा कम्पनीको खुद दाबी भुक्तानी ९.५७ प्रतिशतले बढेर ६ अर्ब ६१ करोड ६९ लाख ७३ हजार रुपैयाँ रहेको छ । गत आर्थिक वर्षको सोहि अवधिमा कम्पनीको खुद दाबी भुक्तानी ६ अर्ब ३ करोड ८८ लाख २३ हजार रुपैयाँ रहेको छ ।

चालु आर्थिक वर्षको चैत मसान्तसम्मको कम्पनीको जीवन बीमा कोष १६.४६ प्रतिशतले बढेर ९० अर्ब ३० करोड ४१ लाख ३ हजार रुपैयाँ, जगेडा कोष १६ प्रतिशतले बढेर ७० करोड ९० लाख रुपैयाँ, महाविपत्ती कोष ३४.८९ प्रतिशतले बढेर ३६ करोड ५ लाख ९४ हजार रुपैयाँ, ब्यवस्थापन खर्च १३.२५ प्रतिशतले घटेर ५५ करोड ४ लाख ८६ हजार र अभिकर्ता कमिशन ८ प्रतिशतले घटेर १ अर्ब २९ करोड ४८ लाख ७२ हजार रुपैयाँ रहेको छ ।


प्रतिक्रिया दिनुहोस्