एलआइसी नेपालका सीइओ लक्ष्मी प्रसाद दासको कार्यकाल थप « Arthapath.com
२४ माघ २०७९, मंगलवार

एलआइसी नेपालका सीइओ लक्ष्मी प्रसाद दासको कार्यकाल थप



काठमाडौं । लाइफ इन्स्योरेन्स कर्पोरेशन (नेपाल) लिमिटेडले प्रमुख कार्यकारी अधिकृत (सीइओ) मा लक्ष्मी प्रसाद दासको कार्यकाल थप गरेको छ ।

नेपाल बीमा प्राधिकरणले माघ २४ गते कम्पनीको सीइओ दासको माघ १४ गतेदेखि लागू हुने गरी बढीमा ६ महिनासम्मको कार्यकाल थप गर्न स्वीकृति प्रदान गरेको थियो ।

दासको कार्यकाल बीमकको संस्थागत सुशासन सम्बन्धी निर्देशिका २०७५ को दफा २८ को उपदफा १० बमोजिम थप गरेको हो । नवनियुक्त सीइओ दासले एमबिएसम्मको अध्ययन पूरा गरेका छन् । उनीसँग २६ बर्षभन्दा बढी लामो जीवन बीमा क्षेत्रको अनुभव रहेको कम्पनीले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्