सूर्यज्योति लाइफकोे बीमालेख नविकरण गर्दा विलम्ब शुल्क ३५ प्रतिशत छुट « Arthapath.com
२६ जेष्ठ २०८०, शुक्रबार

सूर्यज्योति लाइफकोे बीमालेख नविकरण गर्दा विलम्ब शुल्क ३५ प्रतिशत छुट



काठमाडौं । सूर्यज्योति लाइफकोे बीमालेख नविकरण गर्दा विलम्ब शुल्क ३५ प्रतिशत छुट गर्ने भएको छ । कम्पनीबाट जारी भई समयमा बीमाशुल्क भुक्तानी नगरी व्यतित भएका बीमालेखहरुमा जेठ १२ गते देखि जेठ २८ गते सम्म नविकरण गराउँदा बिलम्ब शुल्कमा ३५ प्रतिशत छुट दिने भएको हो ।

कुनै कारणबस बीमा शुल्क भुक्तानी गर्न बाँकी रही हाल सम्म व्यतित भएका बीमालेखहरुमा लाग्ने विलम्ब शुल्कमा ३५ प्रतिशत छुट दिने भएको कम्पनीले जानकारी दिएको छ । यस अवसरको सदुपयोग गरी आफ्नो बीमालेख समयमै सक्रिय बनाई ढुक्क रहन कम्पनीले आग्रह गरेको छ ।


प्रतिक्रिया दिनुहोस्