नेपाल पुनर्बीमा कम्पनीको साधारण सभा असार १५ गते, बुक क्लोज कहिले ? « Arthapath.com
२८ जेष्ठ २०८०, आईतवार

नेपाल पुनर्बीमा कम्पनीको साधारण सभा असार १५ गते, बुक क्लोज कहिले ?



काठमाडौं । नेपाल पुनर्बीमा कम्पनीले ८औं वार्षिक साधारण सभा असार १५ गते बोलाएको छ । जेठ २५ गते बसेको सञ्चालक समितिको बैंठकले सभा अमृतभोग, ककालिका स्थान, कााठमाडौंमा बिहान ११:३० बजे बस्ने आव्हान गरेको हो ।

सभामा आ.व २०७८/७९ को वार्षिक प्रतिवेदन छलफल गरि पारित गर्नेछ । सभामा ०.२५ प्रतिशत नगद लाभांश ( कर प्रयोजन) प्रस्ताव पारित गर्ने ।

सभामा कम्पनीले लेखापरीक्षको प्रतिवेदन सहित २०७९ असार मसान्तको वसालत र २०७८/०७९ को नाफा, नोक्सान हिसाब सम्बन्धि अनुसूचीहरु छलफल पारित गर्नेछ ।

सभामा बाह्य लेखापरिक्षकमा टिआर उपाध्याय एण्ड कम्पनी, चार्टर्ड एकाउन्टेन्ट्स,लालदरबार काठमाढडौंलाई नियुक्त गर्ने र पारिश्रमिक निर्धारण गर्ने भएको छ ।

सभामा कम्पनीको प्रबन्धपत्र प्रस्ताववित संशोधन नेपाल सरकार वा नियमनकारी निकायहरुबाट कुनै फेरबदलको सुझाव प्रप्त भएमा सो बमोजिम आवश्यक फेरबदल गर्ने सञ्चालकलाई अख्तियारी प्रदान गर्नेछ ।

कम्पनीले सभा प्रयोजनको लागि असार ७ गते बुक क्लोज गर्ने भएको छ । असार ६ गते सम्म कायम सेयरधनीले मात्रै सभामा सहभागि हुन् पाउनेछन् ।


प्रतिक्रिया दिनुहोस्