सुन तोलामा ९ सय रुपैयाँले घट्यो, प्रतितोला कति ? « Arthapath.com
४ जेष्ठ २०७९, बुधबार

सुन तोलामा ९ सय रुपैयाँले घट्यो, प्रतितोला कति ?



काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । बुधबार सुन तोलामा ९ सय रुपैंयाँले घटेको हो ।

नेपाल सुनचाँदी ब्यवसाय महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला ९५ हजार ८ सय रुपैयाँ र तेजावी सुनको मूल्य प्रतितोला ९५ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

अघिल्लो कारोबारको दिन छापावाला सुनको मूल्य प्रतितोला ९७ हजार ७ सय रुपैयाँ र तेजावी सुनको मूल्य प्रतितोला ९७ हजार २ सय रुपैयाँ कायम गरिएको थियो ।

त्यस्तै, मंगलबार प्रतितोला १ हजार २६० रुपैयाँमा कारोबार भइरहेको चाँदी बुधबार भने तोलामा १० रुपैयाँले घटेर प्रतितोला १ हजार २५० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्