मंगलबार पनि सुनचाँदीको मूल्य स्थिर, प्रतितोला कति ? « Arthapath.com
१० जेष्ठ २०७९, मंगलवार

मंगलबार पनि सुनचाँदीको मूल्य स्थिर, प्रतितोला कति ?



काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य स्थिर रहेको छ । आइतबार ७ सय रुपैयाँले बढेको सुनको मूल्य सोमबार र मंगलबार भने स्थिर रहेको हो ।

नेपाल सुनचाँदी ब्यवसाय महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला ९८ हजार रुपैयाँ र तेजावी सुनको मूल्य प्रतितोला ९७ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ । आइतबार र सोमबार पनि सुन सोहि मूल्यमा कारोबार भइरहेको थियो ।

त्यस्तै, मंगलबार चाँदीको मूल्य पनि स्थिर रहेको छ । आइतबार र सोमबार प्रतितोला १ हजार २७० रुपैयाँमा कारोबार भइरहेको चाँदी मंगलबार पनि सोहि मूल्यमा कारोबार भइरहेको महासंघले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्