सुन तोलामा २ सय रुपैयाँ बढ्यो, कतिमा हुदैछ कारोबार ? « Arthapath.com
११ जेष्ठ २०७९, बुधबार

सुन तोलामा २ सय रुपैयाँ बढ्यो, कतिमा हुदैछ कारोबार ?



काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सोमबार र मंगलबार स्थिर रहेको सुन आज भने तोलामा २ सय रुपैयाँले बढेको हो ।

नेपाल सुनचाँदी ब्यवसाय महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला ९८ हजार २ रुपैयाँ र तेजावी सुनको मूल्य प्रतितोला प्रतितोला ९७ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

अघिल्लो कारोबार दिन भने छापावाला सुनको मूल्य प्रतितोला ९८ हजार रुपैयाँ र तेजावी सुनको मूल्य प्रतितोला ९७ हजार ५ सय रुपैयाँ कायम भएको थियो ।

त्यस्तै, मंगलबार प्रतितोला १ हजार २७० रुपैयाँमा कारोबार भइरहेको चाँदी बुधबार भने तोलामा ५ रुपैयाँले बढेर प्रतितोला १ हजार २७५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्