फेरी बढ्यो सुनको भाउ, आज कतिमा हुँदैछ कारोबार? « Arthapath.com
२३ माघ २०७९, सोमबार

फेरी बढ्यो सुनको भाउ, आज कतिमा हुँदैछ कारोबार?



काठमाडौं। साताको द्रोस्रो दिन सुनको मूल्य प्रतितोला ५०० सय रुपैयाँले बढेको छ ।

अघिल्लो दिन १ लाख ४ हजार १ सय रुपैयाँमा कारोबार भएको सुन आज बढेर १ लाख ४ हजार ६ सय रुपैयाँले कायम रहेको छ।
नेपाल सुनचाँदी व्यावसायी महासंघका अनुसार आज तेजावी सुनको मूल्य भने १ लाख ४ हजार १ सय रुपैयाँ तोकिएको छ । अघिल्लो दिन तेजावी सुुनको भाउ १ लाख ३ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै, चाँदीको मूल्यमा भने घटबढ नभएको महासंघले जानाकारी दिएको छ । चाँदीको मूल्य प्रतितोला १ हजार ३ सय २० रुपैयाँमा बजारमा कारोबार भएको छ ।


प्रतिक्रिया दिनुहोस्