सुनको मूल्य प्रतितोला ६ सय रुपैयाँले बढ्यो, कतिमा हुँदैछ कारेबार ? « Arthapath.com
१० जेष्ठ २०८०, बुधबार

सुनको मूल्य प्रतितोला ६ सय रुपैयाँले बढ्यो, कतिमा हुँदैछ कारेबार ?



काठमाडौं । साताको चौथो कारोबारको दिन सुनको मूल्य प्रतितोला ६ सय रुपैयाँले बढेको छ ।

बुधबार छापावला सुनको मूल्य प्रतितोला १ लाख ९ हजार ८ सय रुपैयाँमा कारोबार भएको छ । मंगलबार छापावला सुनको मूल्य प्रतितोला १ लाख ९ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो ।

नेपाल सुनचाँदी व्यावसायी महासंघका अनुसार आज तेजावी सुनको मूल्य प्रतितोला १ लाख ९ हजार ३ सय रुपैयामा कारोबार भएको छ । अघिल्लो दिन प्रतितोला १ लाख ८ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो ।

साथै, आज चाँदीको मूल्य प्रतितोला ५ रुपैयाँले घटेको छ । बुधबार प्रतितोला १ हजार ३ सय ६० रुपैयाँमा कारोबार भएको छ । अघिल्लो दिनप्रतितोला १ हजार ३ सय ६५ रुपैयाँमा कारोबार भएको महासंघले जानकारी दिएको छ ।


प्रतिक्रिया दिनुहोस्