सस्तियो सुनचाँदीको भाउ, कतिमा हुँदैछ किनबेच ? « Arthapath.com
१३ चैत्र २०८०, मंगलवार

सस्तियो सुनचाँदीको भाउ, कतिमा हुँदैछ किनबेच ?



काठमाडौं । सुनको भाउ सस्तिएको छ । नेपाली बजारमा छापावाला सुनको भाउ प्रतितोला ३०० रुपैयाँले घटेको हो ।अघिल्लो दिन अर्थात् सोमबार १ लाख २६ हजार ७०० रुपैयाँमा खरिदबिक्री भएको सुन आज भने घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आजका लागि १ लाख २६ हजार ४०० रुपैयाँ कायम भएको छ । यस्तै, तेजावी सुनको भाउ १ लाख २५ हजार ८०० रुपैयाँ तोकिएको छ ।

आज चाँदीको भाउ पनि घटेको छ । चाँदी प्रतितोला १० रुपैयाँले घटेर १ हजार ५०५ रुपैयाँ कायम भएको छ ।


प्रतिक्रिया दिनुहोस्