महँगियो सुनको भाउ, चाँदीको मूल्य घट्यो « Arthapath.com
१४ चैत्र २०८०, बुधबार

महँगियो सुनको भाउ, चाँदीको मूल्य घट्यो



काठमाडौं । बुधवार सुन थप महंगिएको छ । आज छापावाला सुनको भाउ प्रतितोला ४०० रुपैयाँले वृद्धि भएको हो ।साताको तेस्रो कारोबार दिन १ लाख २६ हजार ४०० रुपैयाँमा कारोबार भएको थियो ।

तर, आज भने बढेर १ लाख २६ हजार ८०० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । महासंघका अनुसार आजका लागि तेजावी सुनको भाउ १ लाख २६ हजार २०० रुपैयाँ तोकिएको छ ।

यस्तै, चाँदीको मूल्य भने घटेको छ । आज चाँदी प्रतितोला १५ रुपैयाँले घटेर १ हजार ४९० रुपैयाँ कायम भएको छ ।


प्रतिक्रिया दिनुहोस्