सुनको भाउले बनायो फेरि कीर्तिमानी उचाई, प्रतितोला कति पुग्यो ? « Arthapath.com
१५ चैत्र २०८०, बिहीबार

सुनको भाउले बनायो फेरि कीर्तिमानी उचाई, प्रतितोला कति पुग्यो ?



काठमाडौं । सुनको भाउ थप महँगिएको छ । आज नेपाली बजारमा छापावाला सुनको भाउ तोलामा १ हजार १०० रुपैयाँले बढेको हो ।

अघिल्लो दिन अर्थात् १ लाख २६ हजार ८०० रुपैयाँमा किनबेच भएको थियो । तर, आज भने बढेर १ लाख २७ हजार ९०० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । जुन, हालसम्मकै उच्च हो । महासंघका अनुसार तेजावी सुनको भाउ १ लाख २७ हजार ३०० रुपैयाँ तोकिएको छ ।

यस्तै, आज चाँदीको भाउ पनि वृद्धि भएको छ । चाँदी प्रतितोला २० रुपैयाँले वृद्धि भई १ हजार ५१० रुपैयाँ कायम भएको छ ।


प्रतिक्रिया दिनुहोस्