डलरको भाउले बनायो नयाँ कीर्तिमानी उचाई, इतिहासकै कमजोर बन्यो नेपाली रुपैयाँ « Arthapath.com
४ बैशाख २०८१, मंगलवार

डलरको भाउले बनायो नयाँ कीर्तिमानी उचाई, इतिहासकै कमजोर बन्यो नेपाली रुपैयाँ



काठमाडौं । अमेरिकी डलरको भाउले नयाँ कीर्तिमानी रेकर्ड कायम गरेको छ । मंगलबार डलरको भाउ हालसम्मकै उच्च बिन्दुमा पुगेको हो ।

नेपाल राष्ट्र बैंकका अनुसार आज एक अमेरिकी डलरको बिक्रीदर १३३ रुपैयाँ ८३ पैसा पुगेको छ, जुन हालसम्मकै उच्च हो । सोही दिनका लागि खरिद दर भने १३३ रुपैयाँ २३ पैसा कायम भएको छ ।

पछिल्लो समय डलरको भाउ महँगीरहेको छ । अमेरिकी डलरको तुलनामा भारतीय रुपैयाँ भने कमजोर बनेको छ । भारतीय रुपैयाँ कमजोर बन्दा नेपाली रुपैयाँ पनि इतिहासकै कमजोर भएको छ । अमेरिकी डलरको तुलनामा भारतीय रुपैयाँ कमजोर भएका कारण नै त्यसको प्रत्यक्ष असर नेपाली मुद्रामा परेको हो । भारतीय रुपैयाँसँग नेपाली मुद्राको स्थिर विनिमय दर छ । यसले भारु कमजोर हुँदा नेपाली मुद्रा समेत कमजोर भएको हो ।

डलरको भाउ वृद्धिले नेपाली अर्थतन्त्रमा भने नकारात्मक र सकारात्मक दुवै असर पार्ने गर्दछ । वैदेशिक रोजगारीमा रहेका नेपाली कामदाहरुले डलरमा रेमिट्यान्स पठाउँछन्, जसले डलरको भाउ बढ्दा रेमिट्यान्समा पनि बढोत्तरी हुन्छ । यसका साथै पर्यटन क्षेत्रमा पनि डलरको भाउ बढ्दा राम्रै प्रभाव पर्छ । नेपाल घुम्न आउने विदेशी पर्यटकहरूले डलर बोकेर आउँछन् र यहाँ खर्च गरेर जान्छन् । यो नेपाली अर्थतन्त्रको लागि सकारात्मक छ ।

तर, डलरको भाउ बढ्दा नेपाललाई फाइदाभन्दा नोक्सानी धेरै हुने गर्दछ । अमेरिकी डलर बढ्दै जाँदा यसले विश्व बजारको व्यापार र आन्तरिक कारोबारलाई समेत असर पार्ने गर्दछ । डलर महँगिँदै जाँदा अझै यस्तो महँगी बढ्न सक्छ । मूलतः पेट्रोलियम पदार्थको मूल्यमा यसले असर पार्छ ।

यसले आयात गर्ने सामग्रीका लागि थप महँगो पार्छ । आयातमुखी अर्थतन्त्र भएकाले डलरको भाउ बढ्दा हरेक वस्तुको मूल्य वृद्धि हुने गर्दछ । भारतसहित तेस्रो मुलुकबाट आयात हुने मोटर, मोबाइल फोन, इलेकट्रोनिक्सका सामान, लत्ताकपडा, औद्योगिक कच्चा पदार्थ लगायत सामान महँगो पर्नेछन् ।

आज कुन विदेशी मुद्रा साट्दा कति तिर्नुपर्छ ?

CurrencyUnitBuySell
USD (U.S. Dollar)1133.23133.83
EUR (European Euro)1142.02142.66
GBP (UK Pound Sterling)1166.42167.17
CHF (Swiss Franc)1146.01146.66
AUD (Australian Dollar)186.4186.80
CAD (Canadian Dollar)196.9697.39
SGD (Singapore Dollar)197.9398.37
JPY (Japanese Yen)108.668.70
CNY (Chinese Yuan)118.4118.49
SAR (Saudi Arabian Riyal)135.5235.68
QAR (Qatari Riyal)136.5336.69
THB (Thai Baht)13.633.65
AED (UAE Dirham)136.2836.44
MYR (Malaysian Ringgit)127.8828.00
KRW (South Korean Won)1009.639.68
SEK (Swedish Kroner)112.2912.34
DKK (Danish Kroner)119.0419.12
HKD (Hong Kong Dollar)117.0217.09
KWD (Kuwaity Dinar)1432.56434.51
BHD (Bahrain Dinar)1353.38354.97
स्रोतः नेपाल राष्ट्र बैंक


प्रतिक्रिया दिनुहोस्