आज कति छ सुनचाँदीको भाउ ? « Arthapath.com
५ बैशाख २०८१, बुधबार

आज कति छ सुनचाँदीको भाउ ?



काठमाडौं । सुनको मूल्य स्थिर रहेको छ । बुधवार छापावाला सुनको भाउ १ लाख ३९ हजार २०० रुपैयाँ कायम भएको छ ।

अघिल्लो दिन पनि सोही मूल्य कायम भई खरिदबिक्री भएको थियो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आजका लागि तेजावी सुनको भाउ भने १ लाख ३८ हजार ५५० रुपैयाँ तोकिएको छ ।

साताको चौथो कारोबार दिन चाँदीको मूल्य भने घटेको छ। आज चाँदी प्रतितोला ३५ रुपैयाँले घटेको हो । योसँगै आज चाँदीको भाउ १ हजार ७१५ रुपैयाँ कायम भएको छ। अघिल्लो दिन पनि १ हजार ७५० रुपैयाँमा किनबेच भएको थियो ।


प्रतिक्रिया दिनुहोस्