कालिका लघुवित्तको नफा २०५.१९ प्रतिशत र ईपीएस ३८ रुपैयाँ ९० पैसा बढ्यो « Arthapath.com
१२ माघ २०७८, बुधबार

कालिका लघुवित्तको नफा २०५.१९ प्रतिशत र ईपीएस ३८ रुपैयाँ ९० पैसा बढ्यो



काठमाडौं । कालिका लघुवित्त वित्तीय संस्था लिमिटेडको चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा खुद नाफा २०५.१९ प्रतिशत बढेर ८ करोड ४० लाख ९५ हजार रुपैयाँ आर्जन गरेको छ । गत आर्थिक बर्षको सोही अवधिमा लघुवित्तले २ करोड ७५ लाख ५५ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

चालु आर्थिक बर्षको पौष मसान्तसम्ममा लघुवित्तको खुद ब्याज आम्दानी १६.३७ प्रतिशत बढेर १५ करोड १६ लाख ७० हजार रुपैयाँ आर्जन गरेको छ । गत आर्थिक बर्षको सोही अवधिमा लघुवित्तले १३ करोड ३ लाख ३७ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो ।

समिक्षा अवधिमा सञ्चालन मुनाफा ५६५.८५ प्रतिशत बढेर ६ करोड ३७ लाख ५५ हजार रुपैयाँ आर्जन गरेको छ । गत आर्थिक बर्षको सोही अवधिमा लघुवित्तले ९५ लाख ७५ हजार रुपैयाँ सञ्चालन नाफा आर्जन गरेको थियो ।

पौष मसान्तसम्ममा लघुवित्तको चुक्ता पूँजी ९.७३ प्रतिशत बढेर २७ करोड ६८ लाख ८१ हजार रुपैयाँ, जगेडा कोष २६.५९ प्रतिशत बढेर २२ कराड ७ लाख १६ हजार रुपैयाँ, निक्षेप १९.०७ प्रतिशत बढेर १ अर्ब ३४ करोड ५१ लाख २८ हजार रुपैयाँ र कर्जा ३२.९७ प्रतिशत बढेर ३ अर्ब ५३ करोड ४५ लाख ४४ हजार रुपैयाँ रहेको छ ।

समिक्षा अवधिमा लघुवित्तको प्रतिशेयर आम्दानी ३८ रुपैयाँ ९० पैसा बढेर ६० रुपैयाँ ७४ पैसा पुगेको छ । गत आर्थिक वर्षको सोही अवधिमा २१ रुपैयाँ ८४ पैसा प्रतिशेयर आम्दानी रहेको थियो । लघुवित्तको प्रतिशेयर नेटवर्थ १७९ रुपैयाँ ७२ पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात २१.६२ गुणा रहेको छ । लघुवित्तको कस्ट अफ फण्ड ६.८३ प्रतिशत र खराब कर्जा ३.८७ प्रतिशत रहेको छ ।


प्रतिक्रिया दिनुहोस्