ब्याजदरलाई एकल बिन्दुमा कायम गर्न प्रधानमन्त्री दाहालको निर्देशन « Arthapath.com
२८ फाल्गुन २०७९, आईतवार

ब्याजदरलाई एकल बिन्दुमा कायम गर्न प्रधानमन्त्री दाहालको निर्देशन



काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ब्याजदरलाई एकल बिन्दुमा सीमित राख्नका लागि निर्देशन दिएको बताएका छन् ।

नेपाल निर्माण व्यवसायी महासंघको २४औं साधारण सभालाई सम्वोधन गर्दै प्रधानमन्त्री प्रचण्डले यस्तो बताएका हुन् ।
ब्याजदरलाई एकल बिन्दुमै सीमित राख्नका लागि राष्ट्र बैंक र सम्बद्ध पदाधिकारीहरूसँग छलफल गरी आवश्यक निर्देशन दिइसकेको उनले जनकारी दिए ।

उनले भने,–‘ब्याजदरलाई एकल बिन्दुमा कायम गर्नका लागि राष्ट्र बैंक र सम्वद्ध पदाधिकारीहरुसंग छलफल गरि आवश्यक निर्देशन दिईसकेको छु ।’ सोही अवसरमा पेट्रोलियम पदार्थको मूल्यवृद्धि बाहृय बजारको मूल्यमा निर्भर रहने प्रधानमन्त्री दाहालले जानकारी गराए । तर, पनि उपभोक्ताको हितलाई ध्यानमा राखेर सरकारको तर्फबाट घाटा सहेर भएपनि मूल्य नियन्त्रण गरिएको उनको भनाई थियो । कोभिड महामारी, बाहृय युद्ध र आपूर्ति व्यवस्थामा परेको चाप जस्ता कारणले केही निर्माण सामग्रीको मूल्य बढ्दा निर्माण क्षेत्रको लागतसमेत बढ्न गएको दाहालको भनाइ छ ।

देशको अर्थतन्त्र सहज नभए पनि आत्तिहाल्नुपर्ने अवस्था नरहेको भन्दै उनले दावी गरे । उनले भने,–‘ गत वर्ष हामीसँग वैदेशिक मुद्रा सञ्चितिमा ह्रास आउँदा कतै मुलुक आर्थिक संकटको भुमरीमा परिहाल्ने हो कि ? त्यसले सिंगो देशको स्वाधीनता र अस्तित्व संकटमा पर्ने हो कि भन्नेजस्तो परिस्थिति विद्यमान थियो’ तर, बाहृय क्षेत्र सन्तुलनमा राख्न तात्कालीन अवस्थामा लिएको नीतिका कारण त्यस्तो संकटको सम्भावना टरेको छ ।’

नेपाली अर्थतन्त्र संकटबाट क्रमशः सुधारतर्फ अग्रसर भइरहेको प्रष्ट पार्ने उनको भनाइ छ । बाह्य क्षेत्रको सन्तुलनमा राख्नका निम्त्ति विगतमा कसिलो मैद्धिक निति ल्याउने भन्ने तर्फ सरकारको ध्यान गएको उनले बताए ।
उनले भने,–‘अनावश्यक खालका चालु प्रकृतिका खर्च कटौती गर्दै पुँजीगत खर्चलाई तीब्रता दिने सरकारको प्राथमिकता छ । सबैभन्दा धेरै पुँजीगत बजेट रहेको भौतिक पूर्वाधार मन्त्रालयलाई खर्च बढाउने, निर्माण व्यवसायीका बाँकी रहेका भुक्तानीहरू समयमै भुक्तान गर्ने दिशातर्फ सरकारको ध्यान गएको छ ।’

सोही अवसरमा सिमेन्ट लगायतका स्वदेशी निर्माण सामाग्रीहरुको खपत घटेको दाहालको भनाई थियो ।


प्रतिक्रिया दिनुहोस्