नेन्फ्रा बैंकको आइपीओ शुक्रबार बाँडफाँड हुने, ५० कित्ता सबैले पाउने, ६० कित्ताको लागी लक्कीड्र हुने « Arthapath.com
१४ माघ २०७७, बुधबार

नेन्फ्रा बैंकको आइपीओ शुक्रबार बाँडफाँड हुने, ५० कित्ता सबैले पाउने, ६० कित्ताको लागी लक्कीड्र हुने



काठमाडौं । नेपाल इन्फ्राष्ट्रक्चर बैंकको आइपीओ शुक्रबार बाँडफाँड गरिने भएको छ । बुधबार प्रिअलटमेन्ट सम्पन्न भएपछि शुक्रबार बाँडफाँड गरिने बिक्री कम्पनीले जनाएको छ ।

‘प्रि अलटमेन्ट’ अनुसार ५० कित्तासम्मको लागि आवेदन दिने सबैले प्राप्त गर्ने निष्काशन तथा बिक्री प्रबन्धक एनआईबिएल एस क्यापिटलले जनाएको छ । ५० कित्ता भन्दा बढि आवेदन दिएकाहरुको थप १० कित्ता प्राप्त गर्न सक्ने धितोपत्र निष्काशन तथा बिक्री प्रवन्धक एनआविएल एस क्यापिटलले जनाएको छ ।

क्यापिटलले ‘प्रि अलटमेन्ट’ को तथ्याङक धितोपत्र बोर्डमा पठाएको छ । बोर्डले स्वीकृत गरे पछि कम्पनीले शुक्रवार विहान १० बजे बाँडफाँट गर्ने महाप्रवन्धक मेख थापाले जानकारी दिए । बैंकको आईपीओमा १५ लाख २९ हजार ४६० आवेदकले १८ करोड १२ लाख ८६ हजार ७२० कित्ता खरिदका लागि १८ अर्ब १२ करोड ८६ लाख ७२ हजार रुपैयाँबराबरको आवेदन परेको हो ।

बैंकले गत माघ २ गतेबाट ८ करोड कित्ता आईपीओ निष्कासन गरेको थियो। प्रतिकित्ता रु.१०० का दरले निष्कासन गरेको आईपीओ कुल ८ करोड कित्तामध्ये ०.२ प्रतिशत अर्थात् १ लाख ६० हजार कित्ता कर्मचारीका लागि र ५ प्रतिशत अर्थात् ४० लाख कित्ता म्युचुअल फण्डहरुका लागि छुट्याइएको छ। सर्वसाधारणका लागि भने ७ करोड ५८ लाख ४० हजार कित्ता छुट्याइएको छ ।


प्रतिक्रिया दिनुहोस्