रुद्रान्जु प्रतिष्ठानमा रक्तदान कार्यक्रमको आयोजना « Arthapath.com
२२ चैत्र २०७७, आईतवार

रुद्रान्जु प्रतिष्ठानमा रक्तदान कार्यक्रमको आयोजना



काठमाडौं । कीर्तिपुर–१०, ट्याङ्लाफाँटस्थित नव जागरण महिला समूहको आयोजना तथा नेपाल रेडक्रस सोसाईटीको सहयोगमा रुद्रान्जु प्रतिष्ठानको प्राङ्गणमा रक्तदान कार्यक्रमको आयोजना गरियो । उक्त कार्यक्रममा स्थानिय तथा अन्य दाताहरु समेत ४० जना महानुभावहरुले रक्तदान गर्नुभएको थियो ।

कार्यक्रममा अध्यक्ष लक्ष्मी पाण्डेले रक्तदाता सबैलाई सहृदयदेखि धन्यवाद दिँदै नव जागरण महिला समूहको पहलमा आयोजित रक्तदान कार्यक्रमले सफलता पाएकोमा खुसी व्यक्त गर्नुभयो । त्यस्तै, उपाध्यक्ष टिकादेवी खनालले भविष्यमा पनि यस्ता कार्यक्रम गर्दै समाजसेवामा हरदम अग्रसर रहने प्रतिबद्धता जनाउनुभयो ।

नव जागरण महिला समूह आफैमा आदर्श स्थापित गर्दै समाजसेवी कार्यक्रमहरु आयोजना गरी अन्यलाई पनि यस्ता कार्यमा सहभागी गराईरहेको छ । स–साना सेवाभावी जमर्कोले समाजमा ठुलो प्रभाव पार्ने यो उदाहरणीय प्रयास हो ।


प्रतिक्रिया दिनुहोस्