आदर्श लघुवित्तले बोलायो साधारण सभा, आईपीओ निष्काशन गर्ने प्रस्ताव पारीत गर्ने « Arthapath.com
९ असार २०७८, बुधबार

आदर्श लघुवित्तले बोलायो साधारण सभा, आईपीओ निष्काशन गर्ने प्रस्ताव पारीत गर्ने



काठमाडौं । आदर्श लघुवित्त वित्तीय संस्था लिमिटेडले साधारण सभा बोलाएको छ । हिजो बसेको संञ्चालक समितिको बैठकले तेस्रो वार्षिक साधारण सभा असार ३१ गते गर्ने निर्णय गरेको छ ।

साधारण सभाले हाल कायम रहेको चुक्ता पुँजीको ३० प्रतिशतले हुन आउने रकमको आईपीओ निष्काशन गर्ने प्रस्ताव पारीत गर्ने छ ।

त्यसैगरी उक्त साधारण सभाले अन्य कुनै लघुवित्त एक आपसमाा गाभ्नेर गाभिने र प्राप्ति हुने कार्यसँग सम्बन्धित आवश्यक सम्पूर्ण कार्य गर्नका लागि सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने प्रस्ताव समेत पारीत गर्ने छ । साधारण सभा केन्द्रीय कार्यालय,बनेपा काभ्रेपलाञ्चोकमा बिहान ११ बजे हुने छ ।

Tags :

प्रतिक्रिया दिनुहोस्