एनआईसी एशिया क्यापिटलद्धारा डिम्याट खाता र मेरो शेयर नकिवरण गर्न अनुरोध « Arthapath.com
२७ असार २०७८, आईतवार

एनआईसी एशिया क्यापिटलद्धारा डिम्याट खाता र मेरो शेयर नकिवरण गर्न अनुरोध



काठमाडौं । एनआईसी एशिया क्यापिटल र एनआईसी एशिया बैंकले हितग्राहीहरुलाई डिम्याट खाता नबिकरण शुल्क बुझाउन अनुरोध गरेको छ ।

एक सुचना जारी गदै क्यापिटलले आर्थिक वर्ष २०७७÷०७८ सम्मको डिम्याट खाता संचालन गरेवापत वार्षिक शुल्क १०० रुपैयाँ बुझाउन हितग्राहीहरुलाई अनुरोध गरेको हो ।

एनआईसी एशिया क्यापिटलका अनुसार हितग्राहीहरुले साउन १५ गते भित्र बैंकको ५४४४४५१०२५५२४००९ खाता नम्बरमा १०० जम्मा गरी डिम्याट खाता नविकरण गन अनुरोध गरेको छ ।साथै डिजिटल भुक्तानी माध्यमहरु ई – सेवा, खल्ती, आइएमई – पे र कनेक्ट आईपीएस मार्फत पनि शुल्क बुझाउन सकिने छ ।

साउन १५ भित्र डिम्याट नविकरण शुल्क भुक्तानी नगरेमा हितग्राहीहरुको डिम्याट खाता स्वतः रोक्का हुने उक्त सुचनामा उल्लेख गरिएको छ ।

त्यसैगरी एनआईसी एशिया क्यापिटल र एनआईसी एशिया बैंकमार्फत मेरो शेयर सेवा लिइरहको हितग्राहीहरुले एक वर्ष अवधि पुगेकाले नविकरण गर्न अनुरोध गरेको छ । मेरो सेयर हरेक १ वर्ष र डिम्याड खाता असनर मसान्तमा नबिकरण गनुपर्छ ।

Tags :

प्रतिक्रिया दिनुहोस्