इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड बीच शहरी पूर्वाधार विकाशका लागि सहकार्य गर्न समझदारी पत्रमा हस्ताक्षर « Arthapath.com
१२ श्रावण २०७८, मंगलवार

इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड बीच शहरी पूर्वाधार विकाशका लागि सहकार्य गर्न समझदारी पत्रमा हस्ताक्षर



काठमाडौं । पाँचखाल नगरपालिका र इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड विच शहरी पुर्वाधार विकाशका लागि सहकार्य गर्न सम्झौता पत्रमा हस्ताक्षर भएको छ ।

सम्झौता पत्रमा पाँचखाल नगरपालिका नगर प्रमुख, महेश खरेल र नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत रामकृष्ण खतिवडाले हस्ताक्षर गरेका छन ।

सम्झौता भएसंगै भौतिक पूर्वाधारको निर्माण तथा संचालनबाट नगरबासीहरुको लागि दैनिक जनजीवनमा सहजीकरण गर्न नगरपालिकाको रणनीतिक कार्य योजना अन्तर्गत रहेको पाँचखाल नगरपालिकामा “ सुविधा सम्पन्न शहरी पूर्वाधार विकाश तथा निर्माण ” र उक्त परियोजना निर्माण गर्न आवश्यक हुने प्राविधिक र आर्थिक सम्भाव्यता अध्यन, वित्तीय तथा प्राबिधिक विश्लेषण, विस्तृत परियोजना प्रतिवेदन, परियोजनाको बजारीकरण (Market Sounding),, परामर्शदाता तथा विकासकर्ता छनौटका लागि आवश्यक सहयोग, लगानीको संरचना तय गर्ने लगायतका आवश्यक अन्य प्राविधिक सहयोग र सहकार्य गरी सार्वजनिक निजी साझेदारीको माध्यमबाट पाँचखाल नगरपालिकामा सुविधा सम्पन्न शहरी पूर्वाधार विकाश, निर्माण तथा कार्यान्वयन सम्बन्धि कार्य अगाडी बढाउन पाँचखाल नगरपालिका नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेडले सहयोग गर्ने छ ।


प्रतिक्रिया दिनुहोस्