उतारचडाव विच झिनो अंकले बढ्यो नेप्से, ७ अर्बको कारोबार « Arthapath.com
७ आश्विन २०७८, बिहीबार

उतारचडाव विच झिनो अंकले बढ्यो नेप्से, ७ अर्बको कारोबार



काठमाडौं । साताको अन्तिम दिन आज बुधबार नेप्से झिनो अंकले बढेको छ । हिजो १ सय अंकमा भन्दा बढिले बढेको बजार आज २.७० अंकले बढेको छ । नेप्से सामान्य अंकले बढेपनि कारोबार रकममा भने आज सुधार आएको  छ । हिजो ६ अर्ब कारोबार नभएको बजारमा आज ७ अर्ब भन्दा बढि भएको छ ।

शेयर कारोबार मापक नेप्से २।७० अंकले बढेर २८१९.६५ अंकमा पुगेर बजार बन्द भएको छ । यस दिन दिनभर २ सय २८ कम्पनिको १५ करोड ७१ लाख ४ हजार २ सय ६६ कित्ता शेयर ८७ हजार ८ सय १० पटक किनबेच हुदा ७ अर्ब ७२ करोड ६३ लाख रुपैयाँको कारोबार भएको छ ।

आज बैकिङ्ग र फाइनान्स बाहेक सबै समुह राताम्मे भएको छ । आज बैकिङ्ग समुह ४७ र फाइनान्स ८ अंकले बढेको  । त्यसैगरी यस दिन सबैभन्दा बढि होटल एण्ड टुरीजम क्षेत्रका लगानिकर्ताले गुमाएका छन । यो समुह ९७ अंकले घटेको छ ।


प्रतिक्रिया दिनुहोस्