मोटरहेडको दशै तिहार लक्षित नयाँ अफर : १ लाख रुपैयाँसम्म जित्ने मौका, नगद छुट कति ? « Arthapath.com
१९ भाद्र २०७९, आईतवार

मोटरहेडको दशै तिहार लक्षित नयाँ अफर : १ लाख रुपैयाँसम्म जित्ने मौका, नगद छुट कति ?



काठमाडौं । नेपालका लागि मोटरहेड ब्राण्डका आधिकारीक वितरक एसएलआर टेक्नो एण्ड ट्रेड प्रालिले नयाँ अफर सार्वजनिक गरेको छ ।

कम्पनीले आज अर्थात भदै १९ गतेदेखि कात्तिक १५ गतेसम्म लागू हुने गरि दशै तिहार लक्षित “४ को चमत्कार, वाइक पनि बचत पनि” अफर सार्वजनिक गरेको हो ।

कम्पनीले मोटरहेड व्राण्डका वाइक खरीद गर्ने ग्राहकहरुलाई स्क्रयाच कार्ड मार्फत ७ हजार ९ सय रुपैयाँदेखि १ लाख रुपैयाँसम्म जित्न सकिने बताइएको छ । यसका साथै वम्परमा १ जना भाग्यशाली विजेताले १, लाख रुपैयाँ जित्न सक्ने अफर सार्वजनिक गरेको हो ।

कम्पनीका अनुसार टेक्कन २५० पुरानो मोडल जुनै पनि माध्यमबाट खरिदका गर्दा सिधै २५ हजार रुपैयाँ छुटको व्यवस्था गरेको जनाएको छ ।

कम्पनीले हात खाली नहुने उद्देश्यले हरेक शोरुममा आउने ग्राहकहरुलाई टेष्ट राइड गराई उपहार दिने र आफ्नो पोज एण्ड पोष्ट क्याम्पेन अन्तर्गत शोरुममा फोटो खिची लाइक तथा सेयरगरी हरेक हप्ता एक जनाले आर्कषक उपहार समेत पाउने व्यवस्था रहेको छ ।

मोटरहेडको हाल टेक्कन २५०, टेक्कन आर२५० अपग्रेडेड, स्पोर्ट्स २५० रोड, स्पोर्ट्स २५० अफरोड, एमएच १५०, एमएच २००एक्स, एक्स–टर्क र स्क्र्याम्बलर गरी ८ मोडलका बाइकहरु उपलब्ध छन् । यी बाइकको मूल्य ३ लाख १० हजार देखि ४ लाख ९५ हजार रुपैयाँ सम्म छ ।

कम्पनीको, उपत्यकामा मित्रपार्क, टेकु, वालाजु, धोविघाट र सल्लाघारी भक्तपुर गरी ५ ठाउँमा शोरुम रहेको छ । यस्तै उपत्यका बाहिर विर्तामोड, इटहरी, हेटौंडा, मन्थली, कावासोती ,बुटवल, धादिङ, पोखरा, बाग्लुङ र जुम्ला गरी १० स्थानमा डिलर रहेको छ ।

Tags :

प्रतिक्रिया दिनुहोस्