नियामकको साथ कमजोर, यहि अवस्था भए लघुवित्त बन्दको घोषणा गर्नुपर्छः अध्यक्ष लम्साल « Arthapath.com
११ असार २०८०, सोमबार

नियामकको साथ कमजोर, यहि अवस्था भए लघुवित्त बन्दको घोषणा गर्नुपर्छः अध्यक्ष लम्साल



काठमाडौं । पछिल्लो समयमा विभिन्न तरिकाले लघुवित्त बैंकर्स संघ मार्फतले केहि कार्यक्रम गरी रहेका छौं । विगत डेढ वर्षदेखि लघुवित्त वित्तीय संस्थाहरु समस्यामा छन् । खास गरेर लघुवित्त कार्यक्रम तथा लघुवित्त नै खारेज गर्र्नुपर्छ ऋण मिनाहा गर्नुपर्छ न्यून ब्याजदरमा ऋण पाउनुपर्छ भन्ने असोभाविक माग हुदाँ केहि ग्रुुप र समूहले आन्दोलन गरी रहेका छन् । पछिल्लो चरण लघुवित्त विरोधिहरुको निरन्तरता र काही न काही पार्टीसँग जोडिएका मान्छे पनि आवद्ध भएर आन्दोलन गरी रहेको छन् ।

अर्का तर्फ नेपाल सरकार र वित्तीय संस्थाहरुलाई नियमन गर्ने नेपाल राष्ट्र बैंकले त्यस्ता किसिमका कामलाई निराकरण गर्ने पर्ने कार्य जुन रुपमा हुन पर्न थियो हुन सकेको छैन । अहिले जिल्लामा हेर्ने हो भने त्यहाँका कार्यालयहरु बन्द गर्ने त्यहाँका साइन बोर्डहरु हटाउने तथा भौतिक सम्पत्तीको नास गर्ने अराजक गतिविधिहरु दैनिक बढि रहेको छ । यस्ता कार्य रोक्नका लागि हामीले विभिन्न सरकारी निकायसँग समन्वय गरेका छौं । नेपाल प्रहरीलाई धेरै पटक अनुरोध गरी रहेका छौं । तर जुन रुपमा नेपाल प्रहरीको साथ सहयोग हुनुपर्ने हो हामीले आश गरे बमोजिम भएको देखिदैन । तेहि कारणले अहिले यस्ता अराजक गतिविधि एक दुई एक दुई गएर बढ्दै गइरहेका छन् । जुन रुपमा भइरहेका कार्य छन् यस प्रति हामी सबै चिन्तित छौं । अहिले भइरहेका लघुवित्त विरोधी आन्दोलन यहि रुपमा चल्ने हो भने हाम्रा वित्तीय कारोबार संचालन गर्ने सक्दैनौं । कुनै दिन घोषण गर्नु पर्छ अब हामी बन्द गर्छौ भनेर । बन्द गर्छौ भन्ने सम्बन्धित निकायमको कुरा भए पनि तर सान्चै यो अवस्था रह्यो भने हामीले सेवा संचालन गर्ने सक्दैंनौं ।

लघुवित्त विरोधी आन्दोलनले लघुवित्तमा भयानय अवस्था आएको छ । बास्तवमा लघुवित्त संस्थाका केहि बेथिति दुव्र्यवार साथै कमि कमजोरी थिए भने त्यसलाई कारबाही गर्नु परो । हामी त्यसमा पनि तयार छौं । हामीले त्यो पनि भनेका छौं । कानुनी उपचारका कुराहरु कानुनी बाटाहरु छन् लघुवित्तलाई कारबाही गर्ने नेपाल राष्ट्र बैंक नियमन छ नेपाल सरकार अर्थमन्त्रालय अन्य थुप्रै निकाय छन् हामीलाई कारबाही गर्ने । त्यो बाटो कसैलाई बन्द भएको छैनौं । हामीले गल्ती गरेका छौं भने स्वीकार गर्नु पर्छ । तर, सरकारले तोकेको नियम भित्र रहेर कार्यक्रम संचालन गर्दा हामीलाई किन आंक्रमण हुने ? एउटा नागरीकलाई त सुरक्षाको प्रत्याभुति हुनु पर्छ भने हामी त संस्था हौं । बैंकिङ संस्था हो । जोखिममा लगानी गरेका छौं । त्यस्तो संस्थाको सुरक्षा हुदैन भने कसरी यो अगाडि बढ्न सक्छ ?

हाम्रो गुनासो राख्ने ठाउँ भनेको नै नेपाल राष्ट्र बैंक हो । हामीले पटक पटक धेरै पोलिसिगत कुरादेखि लिएर नीतिगत कुरादेखि लिएर तथा हाम्रा संचालनका कुरामा केहि कमजोरी छ भने करेक्सन गर्ने तयार छौं । राष्ट्र बैंकबाट केहि सुधार भएपनि नीतिगत रुपमा खासै सुधार भइरहेको पाइरहेका छैनौं ।

खासगरी अहिले नेपाल सरकारसँग जोडिएको सुरक्षाका कुरामा समस्या भइरहेको छ त्यसलाई सम्बोधन हुनुपर्छ । लघुवित्त संस्था खारेज गर्नुपर्छ लघुवित्त संस्थाको ऋण मिनाहा हुनुपर्छ लघुवित्त संस्थाले झिनो ब्याजमा ऋण दिनुपर्छ यस्तो लघुवित्त संस्थाले गर्न कुरा हो ? लघुवित्त संस्था खारेजी लघुवित्त संस्थाले गर्छ ? लघुवित्त संस्थाले ऋण मिनाहा गर्ने सक्छ ? कसले गर्छ त त्यो ? नेपाल सरकार ४५० अर्ब भन्दाबढीको सम्पत्ति रहेको लघुवित्त संस्था ऋण मिनाहा गर्नु सक्छ ? असोभाविक माग हो । कि अर्थमन्त्रालय सम्बोधन गर्नु पर्छ ? कि भने नेपाल सरकारले अर्थमन्त्रालयले ४५० भन्दा अर्ब भन्दा बढी लगानी भएको लघुवित्तको ऋण मिनाहा हुदैन । राज्यले त्यो गर्ने सक्दैन । तपाईहरु भ्रममा नपर्नेु होस् ऋण दिनुहोस् अरु केहि सुधार गर्नु पर्छ भने हामी गर्छौ भनि दिनु पर्यो । लघुवित्त सुरक्षा नभए हामी कसरी काम गर्ने ?

(नेपाल लघुवित्त बैंकर्स संघका निवर्तमान अध्यक्ष बसन्त लम्सालले सोमबार आयोजित पत्रकार सम्मलेनमा सम्बोधन गरेको अंश)

यो पनि पढ्नुहोस्:


प्रतिक्रिया दिनुहोस्