शिक्षा मात्र होइन संस्कारपनि दिन्छौं, विद्यार्थीको पहिलो रोजाईमा महर्षि कलेजः प्रिन्सिपल पौडेल {अन्तर्वार्ता} « Arthapath.com
२९ असार २०८०, शुक्रबार

शिक्षा मात्र होइन संस्कारपनि दिन्छौं, विद्यार्थीको पहिलो रोजाईमा महर्षि कलेजः प्रिन्सिपल पौडेल {अन्तर्वार्ता}



एसईईको नतिजा भर्खरै सार्वजनिक भएको छ । जिपिए सिस्टमबाट नतिजा प्रकाशित हुँदा शिक्षाको स्तरमा समेत सुधार भएको देखिएको छ । अब काठमाडौं उपत्यका लगायत देशभरका कलेजहरुले कक्षा ११ मा भर्ना सुरु गरिरहेका छन् ।

त्यसै मध्यको काठमाडौं उपत्यकाको उत्कृष्ट कलेजको रुपमा कहलिदैं आएको महर्षि कलेजमा पनि विद्यार्थी भर्नाको चाप बढेको छ । विद्यार्थीहरुलाई शिक्षा मात्र होइन जीवन जीउने बाटो समेत देखाउनु पर्छ भन्ने मान्यता बोकेको कलेजले विगतमा समेत उत्कृष्ट नतिजा दिएको छ । पवित्रनगर मार्ग सामाखुशीमा रहेको महर्षि कलेजले एसईईमा समेत उत्कृष्ट नतिजा दिँदा कयौं अभिभावकको मुख्य नजर परेको छ ।

यसैक्रममा लामो समय शिक्षा क्षेत्रमा अनुभव बोकेका महर्षि स्कुल/कलेजका प्रिन्सिपल निर्मल पौडेलसँग अर्थपथ डटकमका सम्बाददाता दिपक विष्टले गरेको कुराकानीको अंशः

महर्षि कलेज कस्तो कलेज हो ? अहिले यहाँहरुले कुन कुन विषयहरु अध्ययन गराइरहनु भएको छ ?

महर्षि कलेज एउटा नेपालमा उच्च शिक्षा अध्ययन गर्ने विद्यार्थीहरुले कुनै पनि किसिमको शैक्षिक अवसरबाट बचित नहुन भनेर सुरु गरेको एक सर्वशुलभ कलेज हो । सबै विद्यार्थीहरुलाई हामी समान किसिमको ब्यवहार गर्छौ कुनै विद्यार्थी महर्षि कलेजमा आइसके पछि पढ्नबाट बचित हुंदैन भन्ने हाम्रो उद्देश्य हो । जो विद्यार्थी पढ्न चाहन्छ भविष्यमा केहि गर्ने चाहन्छ भने हामीले सर्वशुलभ रुपमा पढाउछौं ।

अहिले महर्षि कलेजमा ब्यवस्थापन, विज्ञान, मानविकी संकाय र कानुन विषयमा अध्ययन भइरहेको छ । ब्यवस्थापन अन्तर्गत कम्प्युटर साइन्स, होटल म्यानेटमेन्ट र विजनेश स्टडी पढाइ हुने गर्दछ । पढाईको अलावा खेलकुद लगायत अतिरिक्त क्रियाकलापलाई पनि महर्षि कलेजले विशेष ध्यान दिएको छ।त्यस्तै, हाम्रो कलेजमा जापानिज भाषा समेत अध्ययन हुन्छ । ११ कक्षामा जापनिज भाषा पढ्न चाहने विद्यार्थीहरुलाई निःशुल्क रुपमा पढाइ रहेका छौं । १२ कक्षा पास भइसकेका विद्यार्थीहरुलाई समेत बेलायतमा पढ्न जाने सुविधा समेत प्रदान गर्ने तयारीमा छौं ।

महर्षि कलेजले नयाँ विषयको रुपमा जापानिज भाषा निःशुल्क पढाई रहेको भन्नु भयो यसको आवश्यकता किन भएको हो र यसमा विद्यार्थीहरुको आकर्षण कतिको देख्नु भएको छ ?

जापनिज भाषाको कक्षा हामीले गत वर्षबाट मात्र सुरु गरेको हो । जापानिज भाषा हामीले पढाउनुको अर्थ उच्च शिक्षा पढेर नेपाली विद्यार्थी विदेश जाउन भन्न चाहेको हामीले पक्कै होइनौं । तर, बाहिर गएर पढेर विदेशको ज्ञान सिप सिकेर नेपाली मै आएर सदुपयोग गर्नु चाहि राम्रो हो । तसर्थ, हामीले बाहिर विद्यार्थी पढ्न जादैं गर्दा कुनै पनि विद्यार्थी भाषाको समस्याबाट मुक्त हुनको लागि अहिलेदेखि नै जापानिज भाषाको शिक्षा सुरुवात गरेका हौं ।

भर्खरै एसईईको नजिता सार्वजनिक भएको छ । महर्षि कलेजको नतिजा चाहि यस पटक कस्तो छ ?

महर्षि कलेजको एसईईको नजिता हेर्दा ३.९० सबै भन्दा उच्च जिपिए प्राप्त भएको छ । विद्यार्थीहरुले ए प्लस, ए र बि प्लससम्म आएको छ । ३७ जना विद्यार्थीमा ९ जना विद्यार्थीका ए प्लस, ए आउने विद्यार्थी ११ जना र १७ जना बि प्लस आएको छ ।

पछिल्लो समय देशभरीको नजिता हेर्दा सुधार देखिएको छ जिपिए सिस्टममा जाँदा मात्र सुधार देखिएको हो कि ?

पक्कै पनि हो । शिक्षाको प्रणालीमा हामीले बिचार गर्नु पर्ने अवस्था आएको छ । किन पनि भने जिपिए सिस्टममा जाँदा समेत यस वर्षको एसईई नतिजा हेर्न हो भने ढेड लाख विद्यार्थीले गणितमा ‘ई’ ग्रेड ल्याएका छन् । सम्रग जिपिए हेर्दा १.६ भन्दा माथिलाई पढ्ने अवसर दिदा पासको मान्यता दिएको हो । गणित, विज्ञान र समाजिक जस्ता विषयको नतिजा हेर्दा सुधार भएको मान्न सकिदैंन । अहिलेको सिस्टममा विद्यार्थीले लिखितबाट १० नम्बर मात्र ल्यायो भने प्रयोगात्मक जोड्दा १.६ जिपिए आउने हुन्छ । यो पद्दतिले गर्दा मात्र विद्यार्थी पास भएका हुन् यसलाई सुधार नै मान्न सकिदैंन ।

देशभरको अवस्था देख्दा एसईई स्तरमा राम्रा नजिता देखिएपनि उच्च शिक्षामा भने नतिजा खस्किने गरेको छ । यसको कारण चाहि के हुन सक्छ ?

एसईई भन्दा तलका कक्षाहरुमा प्रयोगात्मक राखिएको छ । एसईई भन्दा माथि जादा उच्च शिक्षामा भने लिखित र प्रयोगात्मकमा छुट्टा छुट्टै पास गर्नु पर्ने अवस्था छ । एसईई पछाडि प्लस टु हेर्ने वित्तीकै विद्यार्थीको गुणस्तर खस्किएको देखिन्छ किन भने यस पद्धति मै हामीले सुधार ल्याउनु जरुरी छ ।

विद्यार्थीहरु एसईई तथा प्लस टु पछि बाहिरिने संख्या वृद्धि हुंदैछ। नेपालकै शिक्षा उत्तम तथा प्रभावकारी छ भन्न विद्यार्थीहरुलाई कुन विषय पढ्न सुझाव दिनु हुन्छ ?

एसईई पास भएका विद्यार्थीहरुले अनिवार्य रुपमा कम्तिमा १२ कक्षासम्मको शिक्षा हासिल गर्नु आवश्यक छ । किन भने यो भनेको बेसिक लेभल हो उक्त शिक्षा अति आवश्यक भइसकेको छ ।

महर्षि कलेजमा होटल म्यानेजमेन्ट, कम्प्युटर साइन्स र विजनेश स्टडिमा विद्यार्थीको चाप धेरै छ । विद्यार्थीहरुले रुचाएको तथा पढ्न खोजेको विषय र भोलिको दिनमा सजिलै सिप हासिल गर्न सक्ने भएको हुदाँ मुख्यतः विद्यार्थीहरुले होटल म्यानेजमेन्ट, कम्प्युटर साइन्स विषय लिई अध्ययन गर्दा उत्तम हुन्छ ।

महर्षि जस्तै कलेजहरु अहिले काठमाडौंको हरेक ठाउँमा छन् । तपाईको यरियामा पनि धेरै छन् । विद्यार्थीका अभिभावकले महर्षि मै भर्ना किन गराउने ?

सर्वप्रथम भने महर्षिमा शिक्षकले गर्ने ब्यवहार हो र संस्कार हो । हामीले विद्यार्थीहरुलाई मित्रताको ब्यवहार दिन्छौं र संस्कार दिन्छौं । महर्षिमा भर्नाका लागि हाम्रो गुणस्तरिय, ब्यवहार र संस्कार जोडिएको छ । विद्यार्थीहरुले भोलिको दिनमा हामी कसरी अगाडि बढने र कसरी गरि खाने बाटो बनाउने भन्ने कुरा खियाउन सिकाउछौं । किनभने, अहिलेको अवस्थामा पढेर मात्र हुदैंन त्यसलाई उपयोग गर्ने जान्नु पर्छ त्यसका कारण विद्यार्थीले जीवन उपयोगि शिक्षा पाउनु पर्दछ ।

महर्षिले होटल म्यानेजमेन्ट र कम्प्युटर साइन्समा किन अहिले बढी प्राथमिकता दिई रहेका छौ भने स्नातकमा विद्यार्थीले आइटी पढ्र्दै गर्दा जीवनमा गरि खाने आधार बन्छ । महर्षिमा आउँदा पढ्नबाट कोहि बचित हुदैंन र हाम्रो गुणस्तरीय शिक्षामा कमि हुन दिदैंनौं ।

महर्षिले कलेज स्तरिय शिक्षा दिइरहेको छ भन्ने प्रमाण के हो ? यहाँका शिक्षक शिक्षाका कति अनुभवि छन् ?

हामीले विद्यार्थीहरुलाई १५देखि २० वर्षसम्म पढेर अनुभव हासिल गरी सकेका शिक्षकबाट अध्ययन गराछौं । विद्यार्थीलाई जीवनमा चाहिने कुरा के हो ? विद्यार्थी पढाईमा मात्र पास भएर हुदैंन । जीवनमा पास हुन सक्नु पर्छ । विद्यार्थीले परिक्षामा उत्कृष्ट नम्बर ल्याएर मात्र हुदैंन विद्यार्थीले घरमा गर्न ब्यवहार साथी भाइहरु माथि गर्ने ब्यवहार भर पर्दछ । यसमा समेत ध्यान दिई हामीले अध्ययन गराउछौं । यहि नै राम्रो कलेज स्तरिय शिक्षाको प्रमाण हो ।

महर्षिमा कति विद्यार्थी भर्ना भइरहेका छन् ?

कक्षा ११ मा भर्नाका लागि २०० को हाराहारीमा विद्यार्थी बुझ्न आइरहेका छन् । एसईई पास भइका विद्यार्थी करिब ५० जना भन्दा बढी महर्षिमा भर्ना भइरहेको अवस्था छन् । समाजिक संजाल, इमेल लगायत फोन गरेर आउने विद्यार्थीको संख्या समेत जारी छ ।

कलेजको आगामि योजना के छ ? तपाईको विद्यार्थीहरुलाई सुझाव के दिन चाहनु हुन्छ ?

महर्षिले अब निकट भविष्य मै स्नातक तह अध्ययन सुरु गर्ने छ । विद्यार्थीहरुले महर्षिबाट प्ल टु उत्तिर्ण गरी सके पछि अरु कलेज धाउन नपरोस भन्ने उद्देश्यले निकट भविष्य मै सुरु गर्ने लागेका छौं ।

विद्यार्थीहरुले कलेज छनोट गर्दा बिल्डिङ होइन त्यसको भित्रि कुरा थाहा पाएर गर्नु पर्छ । पढाई मात्र सब थोक होइन । कलेजले दिने संस्कार पनि महत्वपूर्ण हुने गरेको छ । अन्य खेलकुद लगायत विषय पनि उत्तिकै आवश्यक हुन्छ । गुणस्तरीय, संस्कार, ब्यवहार र जीवन जीउन सिकाउने कलेज छनोट गर्नुहोस् ।


प्रतिक्रिया दिनुहोस्