महालेखापरीक्षकमा तोयम राया अनुमोदित « Arthapath.com
४ बैशाख २०८१, मंगलवार

महालेखापरीक्षकमा तोयम राया अनुमोदित



काठमाडौं । संसदीय सुनुवाइ समितिले महालेखापरीक्षकमा सिफारिस भएका तोयम रायालाई अनुमोदन गरेको छ । मंगलबार सिंहदरबारमा बसेको संसदीय सुनुवाई समितिको बैठकले उनीविरूद्ध परेका उजुरीमाथि छानविन गरी रायालाई सो पदका लागि सर्वसम्मतिले अनुमोदन गरेको हो।

संवैधानिक परिषदबाट प्रस्‍तावित रायालाई योग्यता, क्षमता र अनुभवसमेतको आधारमा महालेखापरीक्षक पदका लागि उपयुक्त देखिएकाले उनको नाम अनुमोदन गरिएको समितिका सभापति पशुपतिशमशेर जबराले बताए ।

महालेखापरीक्षक पदमा नियुक्तिका लागि सिफारिस गरी गत चैत १८ गते समितिमा पत्र प्राप्त भएको थियो।


प्रतिक्रिया दिनुहोस्