कुमारी बैंकको १० लाख कित्ता सेयर संस्थापक बिक्रीमा « Arthapath.com
५ बैशाख २०८१, बुधबार

कुमारी बैंकको १० लाख कित्ता सेयर संस्थापक बिक्रीमा



काठमाडौं । कुमारी बैंक लिमिटेडले संस्थापक समूहको १० लाख कित्ता सेयर बिक्रीमा ल्याएको छ । बैंकले संस्थापक सेयरधनी वीरेन्द्रकुमार साहको नाममा रहेको १० लाख कित्ता सेयर बिक्रीमा ल्याएको हो ।

उक्त सेयर खरिदका लागि बैंकका विद्यमान संस्थापक सेयरधनीले मात्रै खरिद आवेदन दिन सक्नेछन् ।

इच्छुक संस्थापक सेयरधनीले सूचना प्रकाशित भएको ३५ दिनभित्र काठमाडौं नक्सालमा रहेको कुमारी क्यापिटल वा टंगालमा रहेको कुमारी बैंकको प्रधान कार्यालयमा आवेदन दिन सक्नेछन् ।

बैंकका अनुसार तोकिएको समयभित्र खरिद आवेदन नपरेमा अन्य व्यक्ति तथा संघसंस्थालाई सेयर बिक्री गर्ने प्रक्रिया अघि बढाइने छ ।


प्रतिक्रिया दिनुहोस्