नेप्से ९५.४६ अकंले बढ्दा कारोबार साढे २ अर्बमा सिमित, १३ उपसूचक नै हरियाली « Arthapath.com
११ बैशाख २०७९, आईतवार

नेप्से ९५.४६ अकंले बढ्दा कारोबार साढे २ अर्बमा सिमित, १३ उपसूचक नै हरियाली



काठमाडौं । साताको पहिलो दिने नेप्से उच्च अकंले बढेको छ । केही साता यता लगातार ओरालो लागेको नेप्सेमा आज भने सुधार आएको छ ।

साताको पहिलो दिन स्टक एक्सचेञ्च (नेप्से) परिसूचक ९५.४६ अकंले बढेर २४२०.९१ अकंमा बन्द भएको छ । बिहिबार नेपाल स्टक एक्सचेञ्च (नेप्से) परिसूचक ४.९४ अकंले बढेर २३२५.४५ अकंमा बन्द भएको थियो ।

पूँजी बजारमा नेप्सेमा सूचीकृत २३८ कम्पनीको ६६ लाख ३९ हजार ५०४ कित्ता शेयर किनबेच हुदाँ २ अर्ब ५३ करोड १२ लाख ७५ हजार ५९२ रुपैयाँको कारोबार भइरहेको छ । बिहिबार भने पूँजी बजारमा नेप्सेमा सूचीकृत २३१ कम्पनीको ३९ लाख ९१ हजार ५१ कित्ता शेयर किनबेच हुदाँ १ अर्ब ६२ करोड ९१ लाख ६८ हजार ८४८ रुपैयाँको कारोबार भएको थियो ।

आइतबार नेप्से उच्च अकंले बढ्दा कारोबारमा भने खासै सुधार आउन सकेको छैन । स्थानिय सरकारको आज उम्मेदवारी दर्ता दिन भएका कारण पैसाको चहलपहल हुने भएकाले आज शेयर मूल्य उच्च अकंले बढेको हो । सरकारले बैशाख ३० गते तोकेको स्थानिय निर्वाचनका कारण नेप्से परिसूचक बढ्न पुगेको आकंलन गरेको छ ।

आइतबार सबै समूहमा हरियाली छाएको छ । आज बैंकिङ समूहको २.६८ प्रतिशत, ब्यापार समूहको १.०५ प्रतिशत, होटल तथा प्रर्यटकको २.८३ प्रतिशत, विकास बैंक समूहको ६.५७ प्रतिशत, हाइड्रोपावर समूहको ७.३२ प्रतिशत, फाइनान्सको ८.६ प्रतिशत, निर्जीवन बीमा समूहको ४.१३ प्रतिशत, म्यानुफ्याक्ट्ररिङ एण्ड प्रोसेसिङ समूहको २.८६ प्रतिशत, अन्य समूहको ४.९७ प्रतिशत, माइक्रोफाइनान्सको ३.८ प्रतिशत, जीवन बीमा समूहको ३.३६ प्रतिशत, म्युचुअल फण्डको २.०६ प्रतिशत र इन्भेष्टमेन्ट समूहको ५.६६ प्रतिशतले शेयर मूल्य बढेको हो ।


प्रतिक्रिया दिनुहोस्