अरुण भ्याली हाइड्रोपावर सहित यी कम्पनीको भयो आज सर्वाधिक कारोबार « Arthapath.com
१२ बैशाख २०७९, सोमबार

अरुण भ्याली हाइड्रोपावर सहित यी कम्पनीको भयो आज सर्वाधिक कारोबार



काठमाडौं । आइतबार ९५ अकंले बढेको नेप्से आज फेरी ३४ अकंले घटेको हो । पूँजी बजारमा आज नेप्सेमा सूचीकृत २३९ कम्पनीको ५० लाख ४७ हजार ७६९ कित्ता शेयर किनबेच भएको हो ।

आर्थिक संकटका बीच आइतबार नेप्से उच्च अकंले बढ्दा स्थानिय निर्वाचत तथा माफियाहरुको चलखेल भएको आकंलन गर्ने सकिन्छ । कारोबार २ अर्ब ४ करोड रुपैयाँमा खुम्चिदा आज सर्वाधिक अरुण भ्याली हाइड्रोपावरको शेयर खरिदबिक्री भएको छ । कम्पनीको आज ८ करोड ११ लाख ९१ हजार रुपैयाँको कारोबार भएको छ ।

त्यस्तै, शिभम् सिमेन्टको ६ करोड ६२ लाख ८ हजार, हिमालयन डिस्टिलरीको ६ करोड ४३ लाख २४ हजार, अपी पावरको ५ करोड ६८ लाख १५ हजार, एनआईशि एशिया बैंकको ५ करोड ३८ लाख ६७ हजार र नबिल बैंकको ५ करोड १९ लाख ८० हजार रुपैयाँको कारोबार भएको छ ।


प्रतिक्रिया दिनुहोस्