नेप्सेमा एक कम्पनीको २० प्रतिशत बोनस शेयर सूचीकृत « Arthapath.com
१८ बैशाख २०७९, आईतवार

नेप्सेमा एक कम्पनीको २० प्रतिशत बोनस शेयर सूचीकृत



काठमाडौं । गत साता नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा एक कम्पनीको मात्रै बोनस शेयर सूचीकृत भएको छ । गत साता बैशाख ११ गते आइतबारदेखि बैशाख १६ गते शुक्रबारसम्म नेप्सेमा एक कम्पनीको बोनस शेयर सूचीकृत भएको हो ।

लाइफ इन्स्योरेन्स कर्पोरेशन (नेपाल) लिमिटेडको २० प्रतिशत बोनस शेयर वापतको ४४ लाख २२ हजार कित्ता बोनस शेयर नेप्सेमा सूचीकृत भएको हो ।

इन्स्योरेन्स कम्पनीले गत आर्थिक बर्ष २०७६–७७ को नाफाबाट कायम चुक्ता पूँजीको २० प्रतिशत बोनस शेयर र कर प्रयोजनार्थ १.०५२६ प्रतिशत नगद गरी कूल २१.०५२६ प्रतिशत लाभांश वितरण गरेको थियो ।


प्रतिक्रिया दिनुहोस्