कुमारी बैंकका डेपुटी सिईओ गिरी भन्छन् ‘डिभेञ्चरमा लगानीको उचित अवसर ʹ « Arthapath.com
९ माघ २०७६, बिहीबार

कुमारी बैंकका डेपुटी सिईओ गिरी भन्छन् ‘डिभेञ्चरमा लगानीको उचित अवसर ʹ



काठमाडौं । पछिल्लो समय बजारमा आक्रामक हिसावले आइरहेको कुमारी बैंकले हालै डिभेञ्चर निष्काशन गरेको छ । अहिले बजारमा लगानीको उच्चतम् अवसरको रुपमा हेरिएको डिभेञ्चरमा लगानीकर्ताको आकर्शण बढेको देखिन्छ । पछिल्लो समय विभिन्न बैंकहरुले ल्याएका डिभेञ्चरमा लगानीकर्ताको आकर्षण देखिएको छ ।

१० वर्षे डिभेञ्चरमा १०.२५ प्रतिसत हरेक ६/६ महिनामा प्रतिफल वितरण हुने हुनाले पछिल्लो समय बजारमा डिभेञ्चर प्रति लगानीकर्ता झुम्मिएका छन ।

कुमारी बैंकले गत पुस १४ गते देखि ३ अर्ब रुपैयाँ बराबरको ३० लाख इकाई ऋणपत्र निष्कासन बिक्री खुला गरेको छ । कुमारी बैंकले १० वर्ष अवधिको ‘कुमारी बैंक डिबेन्चर २०८६’ नामको ऋणपत्र बिक्री खुला गरेको हो ।

रेटिङ एजेन्सी इक्रा नेपालबाट सो डिभेञ्चरलाई मध्यम कर्जा जोखिम जनाउने ‘इक्रा एनपी बीबीबी प्लस’ रेटिङ दिएको छ । बिक्री प्रबन्धक नेपाल एसबीआई मर्चेन्ट बैंकिङले रहेको सो डिभेञ्चरमा लगानीकर्ताले यही माघ १४ गतेसम्म आवेदन दिन पाउने बैंकले जनाएको छ ।
लगानीकर्ताले डिभेञ्चरमा प्रतिइकाई १ हजार रुपैयाँका दरले आवेदन दिन सक्नेछन भने न्यूनतम २५ कित्तादेखि अधिकतम १२ लाख कित्तासम्म खरिद गर्न सक्नेछन । यस ऋणपत्रमा सी–आस्वाको माध्यमबाट हरेक बैंकको सबै साखाबाट आवेदकले डिभेञ्चर खरिद गर्न सक्ने बैंकका डेपुटी सिईओ राजिव गिरी बताउँछन् ।

अहिले बैंकबाट प्राप्त हुने व्याजदर भन्दा यो डिभेञ्चरमा अधिकतम फाइदा रहेको बैंकका डेपुटी सिईओ गिरी बताउँछन । यो डिभेञ्चर अलर्टमेन्ट भएको ६ महिनाभित्र नेपाल स्टक एक्चेन्जमा लिष्टीङ हुनेछ भने सो डिभेञ्चर राखेर लगानीकर्ताले सजिलै कर्जा पनि प्राप्त गर्न सक्नेछन ।
हालै कुरमारी बैंकले राष्ट्रिय स्तरको देवः विकास बैंकलाई गाभ्ने विषयमा एमओयू गरिसकेको छ । बैंकले देवःलाई अक्वायर गरेपछि चुक्ता पुँजी १२ अर्वभन्दा बढी पुग्नेछ । त्यसैगरी साखा संजाल पनि २ सय प्लस हुनेछ ।

के के कुरामा पहिलो छ कुमारी बैंक
पछिल्लो समय सबै बैंकहरुले डिजिटल बैंकिङलाई फोकस गरिरहेका छन । कुमारी बैंक इन्टरनेट बैंकिङमा पहिलो बैंक छ भने मोवाइल बैंकिङमा पनि पहिलो बैंक हो । ४ वर्ष अघिनै भारतको मेदान्त अस्पतालमा कुमारी बैंकका ग्राहाकलाई सहुलियत प्रदान गर्न सुरु गरेको छ ।

पहिलोपटक परिवार सुरक्षा खाता

कुमारी बैंकले पछिल्लो समय खातावालाको परिवारलाई समेत सुरक्षा हुनेगरी ‘कुमारी परिवार सुरक्षा खाता योजना ʹ ल्याएको छ । त्यसमा दुर्घट्नाको साथै जोखिमयुक्त रोगको समेत जोखिम बैंकले व्यहोर्नेगरी नयाँ प्रडक्ट ल्याएको छ । यो प्रोडक्टमार्फत ग्राहाकहरुको मन जित्न सफल कुमारी बैंकले खातावालाको परिवारलाई विरामी हुँदा औषधीको समेत व्यावस्था गर्ने जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्