१५ प्रतिशत लाभांश पारित गर्न प्राइम लाइफ इन्स्योरेन्सले साधारण सभा बोलायो « Arthapath.com
१७ मंसिर २०७८, शुक्रबार

१५ प्रतिशत लाभांश पारित गर्न प्राइम लाइफ इन्स्योरेन्सले साधारण सभा बोलायो



काठमाडौँ । प्राइम लाइफ इन्स्योरेन्स कम्पनीले साधारण सभा बोलाएको छ । इन्स्योरेनसले आइतबार साधारण सभा गर्ने निर्णय गरेको हो ।साधारण सभाले १५ प्रतिशत बोनस शेयर र सोको कर प्रयोजनको लागि ०.७८ प्रतिशत नगद लाभांश गरी कुल १८.७८ प्रतिशत लाभांश वितरण गर्ने प्रस्तावलाई पारित गर्ने छ ।

 सभाले २०७६/ ०७७ को वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्ने र आव २०७७ /०७८ को लागि लेखापरिक्षक नियुक्त प्रस्तावलाई पनि पारित गर्ने छ ।

इन्स्योरेन्सले साधारण सभा प्रयोजनको लागि मङ्सिर १० गते बुक क्लोम गरेको छ । मङ्सिर ९ गतेसम्म काय सेयर धनीहरूले प्रस्तावित लाभांश पाउनेछन् ।


प्रतिक्रिया दिनुहोस्