एशियन हाइड्रोपावरको आइपीओ बाँडफाँट, साढे ६ हजारको आवेदन रद्ध « Arthapath.com
१४ फाल्गुन २०७९, आईतवार

एशियन हाइड्रोपावरको आइपीओ बाँडफाँट, साढे ६ हजारको आवेदन रद्ध



काठमाण्डौं । एशियन हाइड्रोपावर कम्पनी लिमिटेडले सर्वसाधारणका लागि निष्कासन तथा बिक्री खुला गरेको साधारण शेयर बाँडफाँट भएको छ । बिक्री प्रबन्धक एनएमबि क्यापिटलले आज बिहान शेयर बाँडफाँट गरेको हो ।

क्यापिटलका अनुसार कम्पनीको आइपियोमा कुल १४ लाख २५ हजार ७ सय २० जनाको आवेदन परेको थियो । जसमा कूल १ करोड ५५ लाख २५ हजार ४ सय रुपैयाँ बराबरको कित्ताको लागि आवेदन परेको थियो । जसमध्ये ६ हजार ५ सय २ जनाको आवेदन रद्द भएकोमा १४ लाख २५ हजार ७ सय २० जना आवेदक मात्र योग्य रहेको क्यापिटलले जनाएको छ ।

कम्पनीले सर्वसाधारणका लागि ६ करोड ९७ लाख २० हजार रुपैयाँ बराबरको ६ लाख ९७ हजार २ सय कित्ता सेयर वितरण गरेको छ । यसैगरी कर्मचारीका लागि १६ हजार ८ सय कित्ता सुरक्षित गरी यसअघि नै बाँडफाँड भएको थियो ।

कम्पनीले यही माघ २७ गतेदेखि प्रतिकित्ता रू एक सय अङ्कित दरमा छ लाख ९७ हजार दुई सय कित्ता शेयर प्राथमिक सार्वजनिक निष्कासन गरेको थियो । कम्पनीले जारी पुँजी रू ३४ करोडको २४ दशमलव ७१ प्रतिशतले हुने रू आठ करोड ४० लाख मूल्य बराबरको कूल आठ लाख ४० कित्ता साधारण शेयर सर्वसाधारण, वैदेशिक रोजगारीमा रहेका नेपाली सामूहिक लगानी कोष तथा कर्मचारीमा छुट्याएको थियो । जसमा ८४ हजार कित्ता शेयर वैदेशिक रोजगारमा रहेका नेपाली र ४२ हजार कित्ता सामूहिक लगानी कोषलाई बाँडफाँट गरिएको छ ।

लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त आस्वा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र तिनका तोकिएका शाखा कार्यालयबाट ‘सी आस्वा’ प्रणालीमार्फत् तथा अनलाइनमा मेरो शेयर प्रयोग गरेर कम्पनीले आइपीओका लागि आवेदन दिन व्यवस्था मिलाएको थियो ।

यसअघि नै कम्पनीलाई केयर रेटिङ्ग्स नेपालले ‘केयरएनपी बिबी आइएस’ प्रमाणपत्र प्रदान गरेको थियो भने कम्पनीको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा एनएमबी क्यापिटल रहेको छ ।

कम्पनीले इलामको माई जोगमाई गाउँपालिका र इलाम नगरपालिकाको जोगमाई खोलामा छ दशमलव दुई मेगावाट क्षमताको तल्लो जोगमाई खोला जलविद्युत् आयोजना समेत निर्माण गरेकोे छ ।

Tags :

प्रतिक्रिया दिनुहोस्