दोस्रो दिन पनि दोहोरो अंकले घट्यो सेयर बजार, परिसूचक २ हजार बिन्दु तल झर्‍यो  « Arthapath.com
४ भाद्र २०८०, सोमबार

दोस्रो दिन पनि दोहोरो अंकले घट्यो सेयर बजार, परिसूचक २ हजार बिन्दु तल झर्‍यो 



काठमाडौं । सोमबार पनि सेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ । साताको दोस्रो कारोबार दिन बजार १२.९३ अंकले घटेको हो ।

उक्त दिन बजार परिसुचक १९९८.२८ अंकको बिन्दुमा पुगेर बन्द भएको छ । आज सबै समूहहरु राताम्मे बनेका छन् । आइतबारको तुलनामा कारोबार रकम पनि घटेको छ । आज १ अर्ब ४० करोड ८९ लाख ८१ हजार रुपैयाँ बराबरको ४१ लाख ६३ हजार ८७२ कित्ता सेयर किनबेच भएको छ।

सोमबार दुई कम्पनीको सेयर मूल्यमा सकरात्मक सर्किट लागेको छ । सो दिन लक्ष्मी लघुविको सेयर मूल्य १० प्रतिशत अर्थात प्रतिकित्ता ६६ रुपैयाँ २० पैसाले वृद्धि भई ७२८ रुपैयाँ २० पैसा कायम भएको छ ।

यस्तै, कुथेली बुखरी स्माल हाइड्रोपावरको सेयर मूल्यमा पनि सकरात्मक सर्किट लागेको छ। कम्पनीको सेयर मूल्य पहिलो दिन १० प्रतिशत अर्थात ४७ रुपैयाँ ९० पैसाले बढेर ५२६ रुपैयाँ ९० पैसा पुगेको छ ।

सो दिन सर्वाधिक कारोबारको पहिलो सूचीमा शिवम सिमेन्ट देखिएको छ। आज शिवमको ८ करोड २ लाख ४७ हजार रुपैयाँ बराबरको सेयर किनबेच भएको छ।

दोस्रो स्थानमा रहेको आइएमई लाइफको भने ५ करोड ८३ लाख ७७ हजार, सोल्टी होटेलको ५ करोड ७८ लाख ६१ हजार र घोराही सिमेन्टको ५ करो ६ लाख १२ हजार रुपैयाँ बराबरको सेयर खरिदबिक्री भएको हो ।


प्रतिक्रिया दिनुहोस्