तीन कम्पनीको सेयर मूल्यमा सकरात्मक सर्किट, यी हुन् बजार घट्दा पनि कमाउने कम्पनीहरु

काठमाडौं । मंगलबार तीन कम्पनीको सेयर मूल्यमा सकरात्मक सर्किट लागेको छ । उक्त दिन बोतलर्स नेपाल (बालाजु) सहित तीन वटा कम्पनीको सेयर मूल्य १० प्रतिशत वृद्धि भएको हो ।
उक्त दिन बोतलर्स नेपालको सेयर मूल्य १० प्रतिशत अर्थात् प्रतिकित्ता ६९९ रुपैयाँ ६० पैसाले वृद्धि भई ७ हजार ६९५ रुपैयाँ ८० पैसा कायम भएको छ ।
यस्तै, समाज लघुवित्त वित्तीय संस्थाको पनि १० प्रतिशत अर्थात् प्रतिकित्ता १११ रुपैयाँ ७० पैसाले बढेर १ हजार २२८ रुपैयाँ ७० पैसार सुपर माई हाइड्रोपावरको पनि १० प्रतिशत अर्थात् प्रतिकित्ता ६७ रुपैयाँ २० पैसाले बढेर ७३९ रुपैयाँ २० पैसा कायम भएको छ ।
मंगलबार घटेको बजारमा यी तीन कम्पनीहरुसहित जोशी हाइड्रोपावर, मैलुङ खोला, दोर्दी खोला लगायतका लगानीकर्ताले कमाएका छन् ।
